हिमालहरू भव्य मात्र होइन, जलवायु नियामक पनि हुन् : मन्त्री शाही

हिमाल प्रेस २ जेठ २०८२ १३:४७ | Friday, May 16, 2025
हिमालहरू भव्य मात्र होइन, जलवायु नियामक पनि हुन् : मन्त्री शाही

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताएका छन्।

सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज उनले नेपालका तर्फबाट वक्तव्य दिँदै हाल नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु संकटको अग्रपङ्क्तिमा रहेको बताए।

उनले भने, ‘हाम्रो आँखै अगाडि हिमाली परिदृश्य रूपान्तरण हुँदैछ। हिमनदीहरू घट्दैछन्। परिस्थितिकीय प्रणाली बदलिँदैछ। परम्परागत जीवनशैलीहरू उल्टिँदैछन्। यो स्थानीय नभई विश्वव्यापी संकट हो।’

विश्वका १४ मध्ये आठवटा अग्ला हिमालहरू भएको भूमि नेपालले यी प्राकृतिक धरोहरहरूको संरक्षण गर्ने पवित्र जिम्मेवारी बहन गर्दै आएको बताउँदै मन्त्री शाहीले मानवजातिको पाँच भागको एक भागलाई ताजा पानी, जैविक विविधता र आध्यात्मिक जीवनशक्ति प्रदान गर्दै आएको ‘तेस्रो ध्रुव’ का रूपमा परिचित क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा हाम्रा हिमालहरू रहेको बताए।

प्रकाशित: २ जेठ २०८२ १३:४७ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast