हावाहुरीका कारण दुई जिल्लामा ३ जनाको मृत्यु

हिमाल प्रेस ३ जेठ २०८२ ७:१६ | Saturday, May 17, 2025
हावाहुरीका कारण दुई जिल्लामा ३ जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- हावाहुरीले ढालेको रूखले लागेर नवलपरासी र कैलालीमा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा शुक्रबार साँझ आएको हावाहुरीले रूख ढाल्दा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

हावाहुरीसहित आएको पानीबाट जोगिन सडक किनारमा रहेको प्रतिक्षालयमा ओत लागेको बेला रुख भाँचिएर बज्रिँदा उनीहरूको मृत्यु भएको हो। उक्त घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कैलालीमा पनि हावाहुरीका कारण रूख ढल्दा एक शिक्षकको मृत्यु भएको छ।

प्रकाशित: ३ जेठ २०८२ ७:१६ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast