 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन्।
शनिबार काठमाडौँमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन्।
देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रुपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए।
उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे।
                            प्रकाशित: २७ वैशाख  २०८२ १३:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 