हरेकलाई सम्मान गरेर आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर छ : अर्थमन्त्री

हिमाल प्रेस २७ वैशाख २०८२ १३:१७ | Saturday, May 10, 2025
हरेकलाई सम्मान गरेर आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर छ : अर्थमन्त्री फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन्।

शनिबार काठमाडौँमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन्।

देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रुपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए।

उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे।

प्रकाशित: २७ वैशाख २०८२ १३:१७ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast