स्वास्थ्यका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन

हिमाल प्रेस १५ जेठ २०८२ १६:३६ | Thursday, May 29, 2025
स्वास्थ्यका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन

काठमाडौँ- सरकारले स्वास्थ्य क्षेत्रका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचका लागि टेलिमेडिसिन र डिजिटल स्वास्थ्य सेवाको विस्तार गरिने मन्त्री पौडेलले बताए।

अत्याधुनिक स्वास्थ्य सेवाका लागि राबट्रिक प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग गर्ने योजना सरकारले अघि सारेको छ। वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गरिने प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ।

प्रकाशित: १५ जेठ २०८२ १६:३६ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast