स्वर्गीय यज्ञप्रसाद बडालको उपन्यास लेख्ने सपना पूरा गरिन् श्रीमती बडालले

हिमाल प्रेस ३१ वैशाख २०८२ ११:२५ | Wednesday, May 14, 2025
स्वर्गीय यज्ञप्रसाद बडालको उपन्यास लेख्ने सपना पूरा गरिन् श्रीमती बडालले

काठमाडौँ-  नौ वर्षअघि दिवंगत यज्ञप्रसाद बडालको जीवनमा आधारित उपन्यास ‘प्रकाश’ को लोकार्पण भएको छ। बडालको उपन्यास लेख्ने धोको पूरा गर्ने उद्देश्यले स्व. बडालको जीवनमा आधारित उपन्यास जीवनसंगिनी इन्दिरा ढुंगाना बडालले लेखेकी हुन्।

बडालका पुराना कागजात र हस्तलिखित नोटहरू संकलन गर्दै ढुंगानाले उपन्यास ‘प्रकाश’लाई पूर्णता दिएकी हुन्। ‘उहाँको सपना मेरो धर्म बन्यो,’ इन्दिराले भनिन्, ‘उहाँले जुन चेतनाको ढोका खोल्न खोज्नुभएको थियो, मैले त्यसलाई शब्दमा ढालेको छु।’

बडाल उपन्यासको खुराक खोज्नका लागि दार्चुलासम्म पुगेका थिए। तर उपन्यास लेखन पूरा नभईकन उनको निधन भयो। यही काम जीवन संगिनी ढुंगानाले गरेकी हुन्।

बडाल परिवारको कुलपूजाको अवसरमा इन्दिराकी ८२ वर्षीय आमा कलावती ढुंगाना एवं बडाल परिवारका वरिष्ठ सदस्यहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। समारोहमा महान्यायाधिवक्ता रमेश बडाल, नेकपा एमालेका नेता केशव बडाल, साहित्यिक क्षेत्रका व्यक्तित्वहरू, पत्रकार, समाजसेवीको उपस्थिति थियो।

यज्ञप्रसाद मानव अस्तित्व, प्रेम, घृणा, विश्वास, धर्म, दर्शन र समाजका विविध पक्षहरू समेटिएको एउटा गहकिलो उपन्यास लेख्ने योजनामा थिए। त्यही खोजीका क्रममा उनी २०७३ सालमा दार्चुला पुगे, जहाँ कुलको इतिहास र आत्माको पहिचान खोज्दाखोज्दै  उनको निधन भयो।

यही अधूरो सपना बोकेर अगाडि बढिन् उनकी जीवनसंगिनी इन्दिरा ढुंगाना बडाल। उनले वर्षौँको मिहिनेतपछि ‘प्रकाश’लाई पूर्णता दिइन्। विमेज दर्शन, जसको आधारमा उपन्यास लेखिएको हो, एक नवीन जीवनदृष्टि हो, जहाँ मानव अस्तित्वलाई प्रकाशको प्रतीक बनाएर जीवनको उद्देश्य, द्वन्द्व, प्रेम र पुनर्जागरणको अर्थ खोजिएको छ। ‘प्रकाश’ त्यसै विमेज चेतनाको प्रतिबिम्ब हो- पाठकलाई आत्ममूल्यांकन र विचारको गहिराइमा डुबाउने ग्रन्थ।

प्रकाशित: ३१ वैशाख २०८२ ११:२५ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast