काठमाडाैँ- स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन एक हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।
प्रकाशित: ७ जेठ २०८२ १०:५८ | Wednesday, May 21, 2025
प्रतिक्रिया



