सुदूरपश्चिम प्रदेश : रञ्जिताको निर्देशनपछि नाउपाका रामेश्वरलाई मन्त्री बनाउन सिफारिस

हिमाल प्रेस १ जेठ २०८२ २०:३४ | Thursday, May 15, 2025
सुदूरपश्चिम प्रदेश : रञ्जिताको निर्देशनपछि नाउपाका रामेश्वरलाई मन्त्री बनाउन सिफारिस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ।

सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको नाम मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन्। संसदीय दलको बैठकले भने अध्यक्ष श्रेष्ठको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो।

यो निर्णयपछि पनि बिहीबार बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिइन्। उनले भनिन्, ‘दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो।’

विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले हालै पदबाट राजीनामा दिएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सदस्य छन्। नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन्।

प्रकाशित: १ जेठ २०८२ २०:३४ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast