सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

हिमाल प्रेस ५ जेठ २०८२ १७:२६ | Monday, May 19, 2025
सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ- सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए।

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई.मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ५ जेठ २०८२ १७:२६ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast