काठमाडौँ- सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो। सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो।
प्रकाशित: १ जेठ २०८२ ६:५२ | Thursday, May 15, 2025
प्रतिक्रिया




