 
                             
                                            काठमाडौँ- सरकारले सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्ने भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले कोष स्थापनाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
यसैगरी शान्ति प्रक्रिया र संक्रममणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ। मन्त्री पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई क्रियाशील बनाइने बताए।
उनले भने, ‘सशस्त्र द्वन्द्वका घाइते अपांगा तथा अशक्तहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ।’
                            प्रकाशित: १५ जेठ  २०८२ १८:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ [पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2025/05/bishnupoudel_2082.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 