सर्वोच्चले रविलाई थुनामै राख्ने आदेश जारी गरेपछि रास्वपाले बोलायो बैठक

हिमाल प्रेस १० जेठ २०८२ ७:२४ | Saturday, May 24, 2025
सर्वोच्चले रविलाई थुनामै राख्ने आदेश जारी गरेपछि रास्वपाले बोलायो बैठक रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ। सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।

शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्ने जनाइएको छ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ।

प्रकाशित: १० जेठ २०८२ ७:२४ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast