सरकारले जनताको निराशा आशामा बदल्नेगरी काम गरिरहेको छ : गगन थापा

हिमाल प्रेस ४ जेठ २०८२ ९:२९ | Sunday, May 18, 2025
सरकारले जनताको निराशा आशामा बदल्नेगरी काम गरिरहेको छ : गगन थापा चितवनमा सोमबार पत्रकारसँग कुराकानी गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापा। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई  पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए।

आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ४ जेठ २०८२ ९:२९ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast