सरकारमा रहेका दलहरू मानव तस्करीमा जोडिए : रास्वपा

हिमाल प्रेस १४ जेठ २०८२ १३:२५ | Wednesday, May 28, 2025
सरकारमा रहेका दलहरू मानव तस्करीमा जोडिए : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारमा सहभागी दलहरू मानव तस्करीसँग जोडिएको आरोप लगाएका छन्।

उनले बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन्। यसैगरी उनले भिजिट भिसा प्रकरणमा बर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले भने, ‘अख्तियारले स्वतन्त्र रुपमा अनुसन्धान गर्न नपाउने हो कि भन्ने आशंका उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्छ।’
यसैगरी उनले सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए। सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको आरोप उनको छ।

उनले भिसिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताए। पराजुलीले भने, ‘भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्छ।’

प्रकाशित: १४ जेठ २०८२ १३:२५ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast