काठमाडौँ – भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादव नेपाल आएका छन्। ‘सगरमाथा संवाद’ मा भाग लिन मन्त्री यादव बिहीबार दिउँसो नेपाल आएका हुन्।
‘नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादमा सहभागी हुन आज काठमाडौँ आइपुगेको छु,’ मन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘मेरो दुईदिने भ्रमणका क्रममा म हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउने र पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्ने भारतको दृष्टिकोण प्रस्तुत गर्नेछु।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लमा उनलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावलगायतले स्वागत गरेका थिए।
‘सगरमाथा संवाद’ जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ।
                            प्रकाशित: १ जेठ  २०८२ २१:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

