 
                             
                                            काठमाडौँ- ‘सकम्बरी’ बोलको गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्वास अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।
उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। कुसुमले नै टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गरेकी छन्।टिकटकबाटै उनीहरु प्रेममा रहेकाे चर्चा चलेकाे थियाे।
कुसुमले करिब दुई दर्जन भिडियोमा अभिनय गरिसकेकी छन्। उनी फिल्म ‘वर एण्ड बधू’मा पनि अभिनय गरेकी छन्। निर्माण भइरहेको ‘माइली’ मा समेत जोडिएकी छन्।
                            प्रकाशित: ३१ वैशाख  २०८२ ११:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 