संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन : गृहमन्त्री लेखक

हिमाल प्रेस ३१ वैशाख २०८२ १७:२३ | Wednesday, May 14, 2025
संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन : गृहमन्त्री लेखक फाइल तस्बिर।

विराटनगर– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताएका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको विरोध गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट गरे।

संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीको पहिचान गरी राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने उद्देश्यका साथ एक कार्यदल बनाउन लागेको उल्लेख गर्दै उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बोध गरी चरणबद्धरुपमा छलफल–बहस भइरहेको बताए।

गृहमन्त्रालयअन्तर्गत विभिन्न नीतिगत तथा कानुनी सुधारका पक्षमा प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँंदै उनले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिकामा रहेको प्रहरी संगठनलाई सुदृढ र बलियो बनाउने गरी यसै आर्थिक वर्षमा प्रहरी ऐन ल्याइने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय परिचयपत्र जनताको घरघरमा पु¥याउन आवश्यक व्यवस्था गर्न लागेको जानकारी दिँदै गृहमन्त्री लेखकले बदलिँदो परिवेशमा चुनौतीका रुपमा देखिएका लागुऔषध कारोवार, आत्महत्या, सडक दुर्घटना, अवैध निकासी–पैठारीलगायतका पक्षलाई सम्बोधन गरी जनताको जिउधनको सुरक्षासहित मुलुकमा शान्तिसुरक्षा, अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रमा हुने अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई ३० दिनको समयसीमा तोकी स्पष्ट निर्देशन दिएको जानकारी गराए।

गृहमन्त्री मन्त्री लेखकले भने, ‘परिणामस्वरुप यसअघिको तुलनामा अहिले मुलुकको राजश्वमा वृद्धि भएको छ। पछिल्लो १० महिनामा शान्तिसुरक्षा एवं सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएका छन्।’

प्रकाशित: ३१ वैशाख २०८२ १७:२३ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast