शिवनाथ गाउँपालिकाले सुरु गर्‍यो ‘घरमा हुने सुत्केरी शून्य’ अभियान

हिमाल प्रेस ७ जेठ २०८२ १३:२० | Wednesday, May 21, 2025
शिवनाथ गाउँपालिकाले सुरु गर्‍यो ‘घरमा हुने सुत्केरी शून्य’ अभियान

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरेको छ। यसका लागि १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ।

शिवनाथ ३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडालाई घोषणाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

घरमा हुने सुत्केरी शून्य बनाउनका लागि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

गाउँपालिकाका ६ वडामा १७ प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

प्रकाशित: ७ जेठ २०८२ १३:२० | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast