 उपसमिति बैठक।
फाइल तस्बिर
                             उपसमिति बैठक।
फाइल तस्बिर
                                            काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक–२०८० माथिको दफावार छलफल समापन गरेको छ।
उपसमितिले १५ परिच्छेदको १६३ दफाको विधेयक आइतबार समापन गरेको हो।
अब उपसमितिले विधेयकमाथिको छलफलको प्रतिवेदन समितिलाई बुझाउने समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। उनको भनाइमा उपसमितिलाई प्रतिवेदन तयार गर्न १० दिन लाग्छ।
विधेयकमाथि छलफल गरेर समितिलाई प्रतिवेदन बुझाउन उपसमितिले ३५ दिनको समय पाएको थियो।
                            प्रकाशित: २२ वैशाख  २०८२ १०:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 