 
                             
                                            काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयक-२०८० मा गम्भीरताका साथ कार्यसम्पादनमा लाग्नुपर्ने बताएका छन्।
सिंहदरबारमा आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै संयोजक विश्वकर्माले सो कुरा बताएका हुन्। बैठकमा उनले भने, ‘गम्भीरताका साथ कार्यसम्पादनमा लाग्नुपर्ने छ।’
समिति बैठकमा उपसमितिले विधेयकमाथि दफावार छलफल सकिएको जानकारी दिएको छ। विधेयकमाथिको छलफलको निष्कर्षसहितको प्रतिवेदन लेखनका लागि उपसमितिले थप १० दिन समय पाएको छ।
                            प्रकाशित: २२ वैशाख  २०८२ १६:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 