 उपसमिति बैठक। फाइल तस्बिर
                             उपसमिति बैठक। फाइल तस्बिर 
                                            काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले १० दिन थप समय पाएको छ।
सिंहदरबारमा आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयक-२०८० माथि निष्कर्ष निकालेर प्रतिवेदन बुझाउन उपसमितिलाई थप १० दिन समय दिएको हो।
यसअघि उपसमितिलाई ३५ दिनको टीओर दिइएको थियो। ३५ दिनभित्र उपसमितिले विधेयकको दफावार छलफल समापन गरी समितिलाई जानकारी गराएको थियो।
विधेयकमाथिको छलफलको निष्कर्षसहितको प्रतिवेदन लेखनका लागि उपसमितिले १० दिन समय माग गरेको थियो।
                            प्रकाशित: २२ वैशाख  २०८२ १६:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 