 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूले बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा र नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासँग भेटघाट गरी विद्यालय शिक्षा विधेयक पारितका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन्। यस विधेयकको पारितका लागि शिक्षक महासंघले लामो समयदेखि सरकारसँग माग गर्दै आएको छ।
ध्यानाकर्षण पत्रमा शिक्षकहरूको स्थायी नियुक्ति, वेतन र भत्तामा समानता, विद्यालयका कर्मचारीहरूको समायोजन, प्रारम्भिक बालविकास शिक्षकहरूको हक अधिकार र अन्य मागहरू समावेश छन्। सभापति थापा र प्रमुख सचेतक बर्तौलाले शिक्षक महासंघसँगको सहमतिअनुसार नै ऐन जारी हुने आश्वासन दिए।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा ढिलाइ भएको छ जसका कारण शिक्षकहरू पुनः आन्दोलनमा उत्रन बाध्य भएका छन्।
शिक्षा मन्त्रालयका अनुसार सरकार शिक्षक महासंघसँगको सम्झौताहरूको कार्यान्वयनमा प्रतिबद्ध रहेको र विधेयकको पारितका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लागिरहेको छ।
मन्त्रालयका एक अधिकारीले भने,‘शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकार गम्भीर छ र दीर्घकालीन समाधान खोजिरहेको छ।’
शिक्षक महासंघले असार १५ मा विधेयक पारित नगरे आगामी दिनहरूमा थप आन्दोलनको योजना बनाउने चेतावनी दिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 