शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह

हिमाल प्रेस ३१ वैशाख २०८२ १०:२३ | Wednesday, May 14, 2025
शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सम्पन्न शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन कार्यलाई सन्तुलनमा ल्याउने उद्देश्यले आवश्यक कदम चाल्न आग्रह गरेको छ।

नेपाल शिक्षक महासंघको आह्वानमा २०८१ सालको चैत महिनामा काठमाडौँ केन्द्रित पेसागत आन्दोलन सञ्चालन भएको थियो। आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई पूर्ति गर्न विद्यालयको आवश्यकता अनुसार हिउँदे वा वर्षे विदाको अवधिमा पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षा ऐन २०२८ को दफा १६ (ङ) अनुसार शिक्षकहरूको पेशागत हकहितका लागि आन्दोलन सञ्चालन गरिएको उल्लेख गरिएको छ।

आन्दोलनमा शिक्षक र विद्यालय कर्मचारीको सहभागिता भएका कारण देखिएको विद्यालयको प्रशासनिक चुनौती समाधान गर्न कानूनी र व्यवस्थापकीय उपायहरू अवलम्बन गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

शिक्षक तथा कर्मचारी पुनः विद्यालय फर्केर आफ्नो पेसागत कार्यमा फर्किएको वर्तमान अवस्थामा उनीहरूको निरन्तर सक्रियता र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने कामप्रति मन्त्रालयले अपेक्षा राखेको छ।

साथै, मन्त्रालयले सबै स्थानीय तह, विद्यालय र सरोकारवाला निकायहरूलाई समन्वय, सहकार्य र सहजीकरणमा विशेष भूमिका खेल्न विशेष अनुरोधसमेत गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ १०:२३ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast