 
                             
                                            काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक कर्मचारीमाथि राज्यको प्रहार अति भएको टिप्पणी गरेका छन्। विद्यालय शिक्षा विधेयकमाथि अन्तिम निष्कर्ष आउनै लाग्दा उनले उक्त टिप्पणी गरेका हुन्।
उनले सरकारको कार्यशैलीलाई आलोचना गर्दै भने, ‘हामी शिक्षक कर्मचारीहरूको माथिको प्रहार अति भएको छ। सरकारको हेपाइ अति भयो। आन्दोलनको मर्म र भावनालाई पूर्ण रूपमा तिरस्कार गरिएको छ।’ अधिकारीले चेतावनी दिंदै भने, ‘यदि पुनः शिक्षक कर्मचारीलाई उठ्न बाध्य पारियो भने धोकेबाज राज्यलाई कडा मूल्य चुकाउन पर्छ।’
उनले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिका सदस्यहरूलाई पनि समयमै सचेत हुन र सरकारको अराजकता बारे बुझ्न आग्रह गरे। ‘हामीलाई प्रयोग मात्र गर्न सकिन्छ भन्ने सोच्नुको कुनै अर्थ छैन, दलहरू र सरकारले,’ अधिकारीले भने, ‘यस्ता प्रवृत्तिहरू शिक्षक कर्मचारी आन्दोलनको विरुद्ध छन्। समयमै हामीले यसलाई चिनेर भण्डाफोर गर्नुपर्नेछ र दबाब दिनुपर्नेछ।’
अधिकारीले सरकारको तर्फबाट गरिएका असंवेदनशील निर्णयहरूलाई आलोचना गर्दै शिक्षक आन्दोलनको पृष्ठभूमि र मागहरूलाई सम्मान गर्न आग्रह गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/nanumaya-parajuli.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 