शिक्षक आन्दोलनको तथ्य उपस्थिति पुस्तिकामा उल्लेख गर्न आग्रह

हिमाल प्रेस ३१ वैशाख २०८२ १०:३३ | Wednesday, May 14, 2025
2
SHARE
शिक्षक आन्दोलनको तथ्य उपस्थिति पुस्तिकामा उल्लेख गर्न आग्रह

काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघद्वारा सञ्चालन गरिएको काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन संविधानप्रदत्त ट्रेड युनियन अधिकार र शिक्षा ऐनको कानूनी व्यवस्थाको आधारमा गरिएको स्पष्ट पारेका छन्।

२०८१ साल चैत २० गतेदेखि २०८२ साल वैशाख १७ गतेसम्म सञ्चालन भएको शैक्षिक आन्दोलनमा सहभागिता जनाउने सबै शिक्षक तथा विद्यालय कर्मचारीले सो अवधिको उपस्थिति आफ्ना पुस्तिकामा ‘नेपाल शिक्षक महासंघको आयोजनामा भएको काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलनमा सहभागिता’ भनेर उल्लेख गर्न महासंघले आग्रह गरेको छ।

अध्यक्ष सुवेदीले शिक्षकमाथिको अनुशासन, उत्तरदायित्व र नैतिक प्रतिबद्धता कायम राख्दै पेसागत हकहितको पक्षमा गरिएको उक्त आन्दोलनलाई वैधानिक अधिकारको प्रयोगको रूपमा बुझिनुपर्ने बताएका छन्।

महासंघले सबै आम शिक्षक तथा कर्मचारीहरूलाई आ-आफ्नो उपस्थिति व्यवस्थापन गर्दा आन्दोलनको यथार्थ परिप्रेक्ष्यलाई स्पष्ट रूपमा दर्ज गर्न अनुरोध गर्दै एकताको भावनालाई अझ सुदृढ गर्न आह्वान गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ १०:३३ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast