 
                             
                                            काठमाडौँ- शिक्षा तथा स्रोत विकास केन्द्रले ‘सिकाई चौतारी’ विषयमा एक दिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्ने भएको छ। तालिम यही जेठ १३ र १४ गते विराटनगरमा सञ्चालन हुने भएको हो।
तालिम दुई समुहमा विभाजित गरी सञ्चालन गरिनेछ। पहिलो समूहको तालिम जेठ १३ गते र दोस्रो समूहको तालिम जेठ १४ गतेका लागि तोकिएको छ। तालिम बिहान १० बजे सुरु भई साँझ ५ बजेसम्म चल्नेछ।
शिक्षा विकास तथा समन्वय एकाइहरूमार्फत प्रत्येक एकाइबाट दुई जना (एक जना समन्वय तथा एक जना शिक्षक) र तोकिएका स्थानीय तहहरूबाट एक-एक जना प्रतिनिधि अनिवार्य रूपमा सहभागी गराइनेछ। सहभागीहरूले तालिममा ल्यापटप आफैँले ल्याउनुपर्नेछ।
तालिम कार्यक्रमका समन्वयक तथा सम्पर्क व्यक्ति कम्प्युटर इन्जिनियर अमोद उलक रहेका छन्।

                            प्रकाशित: १२ जेठ  २०८२ ११:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 