 वामदेव गौतम। फाइल तस्बिर
                             वामदेव गौतम। फाइल तस्बिर
                                            काठमाडौँ– राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकको अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानून बनाउनु पर्ने बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेहरुले विभिन्न षडयन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानून बनाउनै पर्ने बताएका हुन्।
गौतमले अहिले देशमा आन्दोलन नै आन्दोलन भइरहेको अवस्थामा त्यसलाई सामना गर्न प्रकाशज्योतिको कुनै शब्द नीति तथा कार्यक्रममा आफुले नपाएको तर्क गरे। उनले चारैतिर भ्रष्टाचार भएकाले विश्वमा नै नेपालको बद्नाम हुन पुगेको अवस्थामा भ्रष्टाचालाई समाप्त गर्ने अभियान नीति तथा कार्यक्रमा आउन नसकेको समेत धारणा राखे।
उनले संविधानमा उल्लेख समाजवादभन्दा अन्य व्यवस्थामा जान नसकिने जिकिर गरे। सरकारको नीति तथा कार्यक्रमलाई आफुले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![माधवको संकीर्ण सोचले समाजवादी आन्दोलन पथभ्रष्ट हुँदै छ : झलनाथ खनाल [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/JN.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 