विराट कोहलीले टेस्ट क्रिकेटबाट लिए सन्यास

हिमाल प्रेस २९ वैशाख २०८२ १५:१३ | Monday, May 12, 2025
विराट कोहलीले टेस्ट क्रिकेटबाट लिए सन्यास विराट कोहली

काठमाडौँ– भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेर उनले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

‘सेतो जर्सीमा खेल्नु निजी रूपमा मेरो लागि खास रह्यो,’ कोहलीले भनेका छन्,‘यो फर्मेटबाट बाहिरिनु मेरो लागि सहज होइन– तर यो निर्णय मलाई ठीक लाग्यो। मैले आफूसँग भएको सबैथोक टेस्ट क्रिकेटलाई दिएको थियो। टेस्ट क्रिकेटले मलाई सोचेभन्दा बढी दिएको थियो।’

टेस्ट क्रिकेटमा कोहलीको प्रदर्शन शानदार रहेको छ। उनले १२३ टेस्ट म्याच खेलेका छन्। कोहलीले २१० इनिङमा ४६.८५ को औसतले ९ हजार २३० रन बनाएका छन्। टेस्ट क्रिकेटमा कोहलीको २५४ नटआउट उच्च स्कोर हो। उनले टेस्ट क्रिकेटमा ३० शतक र ३१ अर्धशतक बनाएका छन्।

केही दिनअघि भारतीय क्रिकेटर रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए।

प्रकाशित: २९ वैशाख २०८२ १५:१३ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast