विद्या भण्डारीको आह्वान : गणतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई कायम राख्न आआफ्नो स्थानबाट भूमिका निर्वाह गरौँ

हिमाल प्रेस १५ जेठ २०८२ ९:३१ | Thursday, May 29, 2025
विद्या भण्डारीको आह्वान : गणतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई कायम राख्न आआफ्नो स्थानबाट भूमिका निर्वाह गरौँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर।

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्तरूप भएको बताएकी छन्।

गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको बताएकी हुन्।

साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गरेकी छन्।

‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन्। अनि आफ्नो देशको विकास आफै गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ।’

मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै उनले जनताको समृद्धिको आकांक्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने बताएकी छन्।

प्रकाशित: १५ जेठ २०८२ ९:३१ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast