विचाराधीन विधेयक अघि बढाउन कांग्रेस दृढ छ : देउवा

हिमाल प्रेस ९ जेठ २०८२ १७:०० | Friday, May 23, 2025
विचाराधीन विधेयक अघि बढाउन कांग्रेस दृढ छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्वपूर्ण विधेयहरुलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण कानून ल्याएको भन्दै अब पनि संसदमा विचाराधीन रहेका निजामति, शिक्षालगायतका महत्वपूर्ण विधेयहरुलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताए।

उनले सदनले पारित गरेका कानूनहरुलाई व्यवहारमा नै कार्यन्वयन गर्नु आवश्यक रहेको धारणा राखे। नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उनले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे। श्रमसम्बन्धी विभिन्न कानूनहरु पनि आफूहरु प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए।

सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पूर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: ९ जेठ २०८२ १७:०० | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast