वानीरामा नइका तीन कृति

हिमाल प्रेस ३१ वैशाख २०८२ १७:१६ | Wednesday, May 14, 2025
वानीरामा नइका तीन कृति

काठमाडौँ– वानीरा फाउन्डेसनले मंगलबार एक समारोहबीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ। सोही अवसरमा समालोचक प्रा.केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीनवटा कृतिको लोकार्पण गरेका थिए।

लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ छन्। दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गरेका हुन्।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरूबारे मन्तव्य प्रकट गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०८२ १७:१६ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast