लेखा समितिमा भनाभन, मोदीमाथि बैठकमै युट्युबर ल्याउने गरेको आरोप

हिमाल प्रेस ८ जेठ २०८२ १४:३८ | Thursday, May 22, 2025
लेखा समितिमा भनाभन, मोदीमाथि बैठकमै युट्युबर ल्याउने गरेको आरोप फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरुलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो।

सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको मोदीको आरोप छ।

सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए। सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाए।

सभापति पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिएका थिए। भनाभनका क्रममा पोखरेलले मोदीलाई पटकपटक युट्युवबाट विज्ञापन गर्न स्टन्ट गरेको जिकिर गरेका थिए। पोखरेल एमाले सांसद हुन्।

समितिले उजुरी छानबिन गर्न गठित बिभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ। समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरीहरु छानविनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो।

प्रकाशित: ८ जेठ २०८२ १४:३८ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast