लेखकको राजीनामा माग्नु गलत : प्रवक्ता गुरुङ

हिमाल प्रेस ११ जेठ २०८२ १६:३३ | Sunday, May 25, 2025
लेखकको राजीनामा माग्नु गलत : प्रवक्ता गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत रहेको बताएका छन्। एमाले सचिवालय बैठकअघि आयतबार पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘अध्यागमनमा अनियमितता भयो भनेर छानबिन भइरहेको छ, हुन दिनुस्,’ मन्त्री गुरुङले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ र?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हुने भिजिट भिसामा मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको समाचार आइरहेका छन्। यही प्रकरणमा गृहमन्त्री लेखकमाथि राजीनामा दिनुपर्ने दबाब बढिरहेको छ।

प्रकाशित: ११ जेठ २०८२ १६:३३ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast