लालिगामा रियलको जित, बार्सिलोना उपाधिबाट एक अंक टाढा

हिमाल प्रेस १ जेठ २०८२ ७:१४ | Thursday, May 15, 2025
लालिगामा रियलको जित, बार्सिलोना उपाधिबाट एक अंक टाढा

काठमाडौँ- इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस लालिगामा मालोर्कालाई २-१ ले हराएको छ।

रियलको जितले बार्सिलोनालाई लालिगाको उपाधि जित्न अझै केही दिन कुर्नुपर्ने देखिएको छ।बार्सिलोनालाई अब उपाधि जित्न बिहीवार एस्पान्योलविरुद्धको खेलमा १ अंक जोडे पुग्छ।
मार्टिन भाल्जेन्टले ११ औं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाए।

त्यसपछि ६८ औं मिनेटमा किलियन एमबाप्पेले उत्कृष्ट प्रहारमा गोल गर्दै खेलमा बराबरी गरे।इन्ज्युरी समयको पाँचौं मिनेटमा कमजोर डिफेन्डिङको फाइदा उठाउँदै रामोनले नजिकैबाट भली गोल गरे र खेल जिताए।

एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोना ८२ अंक छ। दोस्रो स्थानको रियल ४ अंकले पछि छ।

बार्सिलोनाले आइतवार एल क्लासिकोमा रियललाई ४-३ ले हराएपछि ला लिगा जित्ने बलियो आधार बनाएको थियो। रियलमाथि यो सिजन बार्सिलोनाको त्यो चौंथो जित थियो।

प्रकाशित: १ जेठ २०८२ ७:१४ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast