रेसुंगा विमानस्थलबाट अब हप्तामा तीनपटक उडान, कति लाग्छ भाडा?

हिमाल प्रेस २९ वैशाख २०८२ १३:१६ | Monday, May 12, 2025
रेसुंगा विमानस्थलबाट अब हप्तामा तीनपटक उडान, कति लाग्छ भाडा? रेसुंगा विमानस्थल। फाइल तस्बिर।

तम्घास- यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीनपटक उडान हुने भएको छ।

विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीनपटक सेवा दिने रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ।

नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो। रेसुंगा–काठमाडौँका लागि सात हजार ८० र काठमाडौंँ–रेसुंगा सात हजार दुई सय ८० भाडादर कायम छ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले बिहान ६:१० बजे काठमाडौँबाट रेसुंगा र बिहान ७:१५ बजे रेसुंगाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ।

प्रकाशित: २९ वैशाख २०८२ १३:१६ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast