रेशमलाई पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृतलाई धरौटीमा छोड्न आदेश

हिमाल प्रेस ५ जेठ २०८२ १८:११ | Monday, May 19, 2025
रेशमलाई पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृतलाई धरौटीमा छोड्न आदेश फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संसरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नाउपाका संरक्षक रेशमलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि विष्ट पक्राउ परेका थिए। विष्टले लेखेको पत्रका आधारमा जनमत पार्टीसँग एकताको घोषणाका तयारी गरिरहँदा रेशम कार्यक्रमस्थल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए।

शाखा अधिकृत विष्टले टीकापुर घटनाका सम्बन्धमा सर्वोच्च अदालतको फैसला ‘कार्यान्वयन गर्नू’ भनी सर्वोच्चको लेटरप्याडमा पत्र लेखेर प्रहरी प्रधान कार्यालयलाई बुझाएका थिए। त्यही पत्रका आधारमा प्रहरीले नाउपाका संरक्षक रेशमलाई नियन्त्रणमा लिएको थियो।

पछि विष्टले लेखेको पत्र अनधिकृत रहेको भन्दै सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई अर्को पत्र पठाएपछि रेशम छुटेका थिए।

प्रकाशित: ५ जेठ २०८२ १८:११ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast