रिम विश्वकर्माको लेखन र निर्देशनमा ‘राजकुमारी’ बन्ने

हिमाल प्रेस २८ वैशाख २०८२ १२:३८ | Sunday, May 11, 2025
रिम विश्वकर्माको लेखन र निर्देशनमा ‘राजकुमारी’ बन्ने

काठमाडौँ- ‘राजकुमारी’ नामक फिल्म बन्ने भएको छ।निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै नाम घोषणा गरेको हो।

फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दैछन्। निर्देशक विश्वकर्माले यसलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए। उनले भने, ‘मैले यसअघि पनि केही फिल्म बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरा लागि डेब्यु निर्देशनजस्तै हुनेछ। यसका पछाडि केही कारण छन्,  पछि खुलाउनेछु।’

टिमकाअनुसार फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाको लागि अभिनेत्रीको छनोट भइरहेको छ। अन्य कलाकार र प्राविधिक टिमको चयन अन्तिम चरणमा पुगेकोले केही समयपछि सबै जानकारी सार्वजनिक गरिनेछ।

फिल्मको अधिकांश छायांकन काठमाडौँमा र बाँकी मुस्ताङ, पोखरालगायतका क्षेत्रमा खिच्ने तयारी छ। रेडलाइन्स फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा पिबी थापाको लगानी रहनेछ।  फिल्म करिब पाँच करोड लागतमा बनाउन लागेको टिमले जनाएको छ।

निर्देशक विश्वकर्माको लेखन र निर्देशनमा बनेकाे फिल्म ‘हेल्लाे काशीराम’ आगामी जेठ २ देखि प्रदर्शन हुँदैछ।

 

प्रकाशित: २८ वैशाख २०८२ १२:३८ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast