राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

हिमाल प्रेस २ जेठ २०८२ १४:०८ | Friday, May 16, 2025
राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु प्रतीकात्मक तस्बिर।

कैलाली- हावाहुरीले ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको छ। राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख भण्डारीको रूखले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए।

उनका अनुसार बिहान करिब ९ बजेको हावाहुरीले घर नजिकै रहेको सालको रूख ढलेर चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागि गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो।

भण्डारीको उपचारका क्रममा १२:४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए।

प्रकाशित: २ जेठ २०८२ १४:०८ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast