राष्ट्रियसभा उपाध्यक्ष घिमिरेसँगै अरू को को लागे चीन भ्रमणमा?

हिमाल प्रेस ६ जेठ २०८२ ७:१३ | Tuesday, May 20, 2025
राष्ट्रियसभा उपाध्यक्ष घिमिरेसँगै अरू को को लागे चीन भ्रमणमा?

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छदिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गरेका छन्।

उनी आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।

सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने सांघाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व-पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन्।

उनीसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंहसहितको प्रतिनिधिमण्डल सहभागी छन्।

चीन भ्रमण सकेर जेठ १० गते उक्त प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ६ जेठ २०८२ ७:१३ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast