राप्रपाका नेताले दुर्गा प्रसाईलाई फसाउने काम गरेको भन्दै महाअभियानबाट आजको कार्यक्रम बहिष्कार

हिमाल प्रेस १५ जेठ २०८२ १३:५९ | Thursday, May 29, 2025
राप्रपाका नेताले दुर्गा प्रसाईलाई फसाउने काम गरेको भन्दै महाअभियानबाट आजको कार्यक्रम बहिष्कार दुर्गा प्रसाईं। फाइल तस्बिर।

काठमाडौँ- दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज राजधानीमा हुने प्रदर्शनलाई बहिष्कार गरेको छ।

राप्रपाले भ्रष्ट शासकसँग गोप्य सम्झौता गरेको भन्दै महाअभियानले विज्ञप्ति जारी गर्दै बहिष्कार गरेको हो। महाअभियानले गत चैत १५ मा काठमाडौँको तीनकुनेको घटेको घटनामा राप्रपाले गलत व्यहार गरेको आरोप लगाएको छ।

सोही प्रदर्शनलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्र र धवल शमशेरले प्रहरीमा दिएको बयानलाई लिएर समेत अभियानको गुनासो छ।

अभियानले राप्रपा नेताहरूले दुर्गा प्रसाईलाई फसाउने गरी दिएको अभिव्यक्ति दिएको कारण पनि आजको कार्यक्रम बहिष्कार गरेको जनाएको छ। महाअभियानले चैत १५ को कार्यक्रमलाई लक्षित गर्दै तीनकुनेको घटना केपी ओली र राजेन्द्र लिङ्देनकै डिजाइजनमा घटेको र अभियानका कार्यक्रम निस्तेज पारेको आरोप लगाएको छ।

महाअभियानका केन्द्रीय संगठन सचिव प्रेमदीप लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिमा राप्रपाले राजनीतिक बेइमानी गरेको कारण पनि आजको अभियानमा सहभागी हुन नसकेको उल्लेख गरिएको छ।

प्रकाशित: १५ जेठ २०८२ १३:५९ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast