राजा ल्याउनु हुँदैन : बिजुक्छे

हिमाल प्रेस ६ जेठ २०८२ १५:२६ | Tuesday, May 20, 2025
राजा ल्याउनु हुँदैन : बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको अवस्थामा नेपालमा राजतन्त्र पुनः स्थापना गर्नु उपयुक्त नहुने बताएका छन्।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक राजतन्त्र नमान्दा नै पूर्वराजा ज्ञानेन्द्र शाह गद्दीबाट हट्नुपरेको भन्दै फेरि त्यस्तै प्रयोग दोहोरिए नेपालमा गम्भीर संकट उत्पन्न हुने चेतावनी दिए।

पूर्वराजाको भूमिका र व्यवहारप्रति कटाक्ष गर्दै उनले भने,‘राजा सर्वशक्तिमान भनेर बेलायतको संविधानमा लेखिएको भए पनि यहाँको राजाले त मुसा मार्न पनि सक्दैन भन्ने स्थिति थियो। त्यस्तो राजा, राजा होइन। यहाँ त विरोध हुँदा सबैलाई जेल हालेर शासन चलाउन खोजेको थियो। फेरि त्यस्तो आए फेरि जान्छ,बाँकी रहँदैन।’

देशभित्रको राजनीतिक अस्थिरता र दलहरूको आपसी झगडाका कारण राजा फर्काउने प्रयास हुन सक्ने चिन्ता बिजुक्छेको छ। उनले भने,‘पार्टीहरू झगडा गरेर नदीनाला समेत बेच्न सक्छन्। त्यस अवस्थामा राजाले बोलाएर सही गराउँछ,सकिन्छ। त्यसैले अहिले राजा ल्याउनु हुँदैन।’

प्रकाशित: ६ जेठ २०८२ १५:२६ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast