राजविराजको रुपनी बजाजको ग्राण्ड एक्सचेन्ज मेला

हिमाल प्रेस ९ जेठ २०८२ २१:५२ | Friday, May 23, 2025
राजविराजको रुपनी बजाजको ग्राण्ड एक्सचेन्ज मेला

काठमाडौँ– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ।

जेठ ११ गतेदेखि सुरू हुने यो योजना जेठ १६ गतेसम्म चल्नेछ। मेलामा जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिने जनाइएको छ।

मेलामा ग्राहकहरुले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको योजना ल्याइएको हो।

झन्डै ७० भन्दा देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यो योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरुलाई निःशुल्क बजाज मोटरसाइलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ जेठ २०८२ २१:५२ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast