राजवादीहरूले गरे काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस १५ जेठ २०८२ १८:०३ | Thursday, May 29, 2025
राजवादीहरूले गरे काठमाडौँमा प्रदर्शन

काठमाडौँ– राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबारबाट काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेको छ।

बिहीबार काठमाडौँको विभिन्न स्थानबाट र्‍यालीसहित उनीहरुले रत्नपार्क पुगेर प्रदर्शन गरेका हुन्। राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफुहरुको संयुक्त प्रयास भएको समितिले जनाएको छ।

प्रदर्शनमा सहभागीहरुले हिन्दु ‘राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनस्र्थापनाका लागि आफूहरुले गरेको आन्दोलनमा पूर्वराजाको कुनै निर्देशन र सहभागिता नरहेको बताए। मुलुकमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था राख्नुपर्ने आफूहरुको मुख्य माग रहेको उनले बताए।

समितिले अब आन्दोलन निरन्तर अघि बढ्ने जनाएको छ। गणतन्त्र र गणतन्त्रले ल्याएको विकृतिका विरुद्ध आम रुपमा जनपरिचालन गरिने र व्यवस्था बदल्ने तागत सिर्जना गरिने समितिको दाबी छ।

प्रकाशित: १५ जेठ २०८२ १८:०३ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast