रसुवागढी नाकाबाट सात किलो सुनसहित एकजना नियन्त्रणमा

हिमाल प्रेस ४ जेठ २०८२ २१:५४
रसुवागढी नाकाबाट सात किलो सुनसहित एकजना नियन्त्रणमा

रसुवा– चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट बरामद गरेको छ।

प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार बा ४ ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो।

ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ।

सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ। सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए।

विसं २०७२ मंसिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेठ २०८२ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast