रविलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर [सर्वोच्चको आदेशसहित]

हिमाल प्रेस ९ जेठ २०८२ २१:२१ | Friday, May 23, 2025
रविलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर [सर्वोच्चको आदेशसहित]

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार उनलाई थुनामै राख्न आदेश दिएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश सदर गर्दै सर्वोच्च अदालतको डा. नकहकुल सुवेदी तथा बालकृष्ण ढकालको संयुक्त इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिँदासम्म लामिछाने थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन्।

यस्तो छ आदेश

प्रकाशित: ९ जेठ २०८२ २१:२१ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast