योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

हिमाल प्रेस २७ वैशाख २०८२ २०:४९ | Saturday, May 10, 2025
योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त शीर्ष पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा‍. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले पदभार ग्रहणपूर्व सपथ लिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत स्थापना गरिएको विश्वविद्यालयको पदाधिकारी नियुक्ति तथा सपथ ग्रहण नयाँ कानुनी व्यवस्थाअनुसार भएको हो।

सोही अनुरूप, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई शपथ गराए। त्यसपछि अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपतिले रजिष्ट्रार चेम्जोङलाई शपथ ग्रहण गराए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, विश्वविद्यालयका अन्य पदाधिकारी तथा विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

शपथ ग्रहणपछि प्रधानमन्त्री ओलीले पदाधिकारीहरूलाई बधाई दिँदै विश्वविद्यालयले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा संस्कृत शिक्षालाई समेटेर आधुनिक र वैकल्पिक चिकित्सा प्रणालीबीच सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालयलाई नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा ज्ञान, अनुसन्धान र नीतिगत सल्लाहको केन्द्रका रूपमा विकास गर्न आह्वान गरे।

प्रकाशित: २७ वैशाख २०८२ २०:४९ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast