काठमाडौँ- युरोपा लिगको उपाधि म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले चुमेको छ।
बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले उपाधि हात पारेको हो।
टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो।
युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ।
प्रकाशित: ८ जेठ २०८२ ६:२६ | Thursday, May 22, 2025
प्रतिक्रिया





