युद्धविरामपछि पनि हमला गरेको आरोपपछि पाकिस्तानले दियो प्रतिक्रिया

हिमाल प्रेस २८ वैशाख २०८२ ८:०१ | Sunday, May 11, 2025
युद्धविरामपछि पनि हमला गरेको आरोपपछि पाकिस्तानले दियो प्रतिक्रिया

भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलेले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरे।

शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, ‘यो पाकिस्तानको ऐतिहासिक जित हो।’ उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।

शरीफले सम्बोधनको सुरुवात गर्दै भने, ‘यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।’

उनले दाबी गरे, ‘उनको देशविरुद्ध लगाइरहेको आरोप ‘निराधार छ र उनी यसको जाँच होस् भन्ने चाहन्छन्।’ शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन। बीबीसी

प्रकाशित: २८ वैशाख २०८२ ८:०१ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast