यस्ता छन् मन्त्रिपरिषद्को निर्णय [विवरणसहित]

हिमाल प्रेस १३ जेठ २०८२ १६:४० | Tuesday, May 27, 2025
यस्ता छन् मन्त्रिपरिषद्को निर्णय [विवरणसहित] सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ। जेठ १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उक्त जानकारी दिएका हुन्।

बैठकले सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रबृत्ति परियोजनाका लागि प्राप्त हुने करिव ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा बरिष्ठ बैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ भने ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ।

निर्णयहरू

प्रकाशित: १३ जेठ २०८२ १६:४० | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast