यथार्थपरक बजेट आएको छ : अर्थमन्त्री

हिमाल प्रेस १५ जेठ २०८२ १९:१७ | Thursday, May 29, 2025
यथार्थपरक बजेट आएको छ : अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन्।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चूनौति नहुने बताए।

सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले बिशेष ध्यान दिएको उनले बताए। मन्त्री पौडेलले निजि क्षेत्रको मनोवल बनाउने र लगानी बृद्धि गर्ने दृष्टिकोणले बजेट अनुकुल रहको दाबी गरे।

उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता रहेको जिकिर गरे।

प्रकाशित: १५ जेठ २०८२ १९:१७ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast