मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने पेम्बा सम्मानित

हिमाल प्रेस १६ जेठ २०८२ १६:३५ | Friday, May 30, 2025
मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने पेम्बा सम्मानित

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा शेर्पालाई बधाई समेत दिए।

मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने धारणा राखे। मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका उनले बताए।

त्यस्तै मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बिमा नभएको भन्दै उनीहरुको बिमाका लागि पहल गर्ने घोषणा समेत गरे।

यसक्रममा सगरमाथा आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बताए।

वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्षअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरेका थिए।

सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन्।

प्रकाशित: १६ जेठ २०८२ १६:३५ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast